कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या भए के गर्ने ? (१० टिप्स)

हाम्रो सन्देश संवाददाता

आजभोलि कम्प्युटर चलाउनु मानिसहरुको दैनिकी जस्तै बनिसकेको छ । कार्यालयमा काम गर्ने अधिकांश मानिस कम्प्युटरविना काम पूर्ण गर्न सक्दैनन् ।

कम्प्युटर चलाउँदा बस्ने गलत तरिका, लामो समयसम्म कम्युटरको बसाई लगायत खानपानको गडबडीले मानिसमा ढाड दुख्ने समस्या देखापर्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ ।

मांसपेशी, नसा र हाडहरूको जटिल संरचना नै ढाड भएकाले यसमा समस्या देखा पर्दा शरीरमा ठूलो असर गर्न सक्छ । त्यसैले कम्प्युटरमा बस्दा ढाड दुखेमा निम्न उपायबाट कम गर्न सकिन्छ ।

१. कम्प्युटरमा बस्दा ढाड दुख्ने भएमा शारीरीक काममा विशेष ध्यान दिनुपर्छ ।

२. ढाड दुख्नुमा शारीरिक कमजोरीका साथै भिटामिन डीको कमीले हुनसक्छ, त्यसैले पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुरा खानुपर्छ ।
३. कतिपय अवस्थामा क्याल्सियमको कमीले समेत ढाड दुख्ने हुन्छ, त्यसैले क्यालसियमयुक्त खानामा ध्यान पनि विशेष दिनुपर्छ ।
४. दैनिक बिहान आधा घण्टा घाममा बस्दा समेत ढाड दुखाईबाट राहत मिल्छ ।
५. लसुन र काँचो सूर्यमुखी तेल मिलाएर दुखेको भागमा मालिस गरेमा दुखाईबाट आराम मिल्छ ।
६. एक चम्चा महमा एक ग्राम दालचिनीको धूलो मिसाएर दैनिक २ पटक सेवन गर्नाले पनि ढाड दुखाईबाट आराम मिल्छ ।
७. कतिपय अवस्थामा तातो पानीले सेक्दा पनि ढाड दुखाईको पीडाबाट मुक्ति पाइन्छ ।
८. धेरै ढाड दुखेमा मनतातो पानीमा सीधे नून हालेर नुहाएमा पनि यसले राहत दिन्छ ।
९. ज्वानोलाई तावामा भुटेर चपाएर खानाले पनि ढाड दुख्ने समस्याबाट आराम मिल्छ ।
१०. चिसोमा दुखेको ढाड आगोमा तताएको इटामा कपडामा बेरेर सेकेमा कम हुन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।