ट्रर्कीको अर्थतन्त्र ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपतिको चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ असोज ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीरियामाथि आक्रमण गर्ने टर्की सरकारमाथि सबै सहयोग अन्त्य गर्दै प्रतिबन्ध लगाउन निर्देशन गरेका छन् । सोमबार विदेश विभागलाई निर्देशन दिँदै ट्रम्पले टर्कीसँगको व्यापार सम्झौता पनि रद्द गर्न आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिका र ट्रकीबीच भएको १०० बिलियन डलर बराबरको व्यापार सम्झौता खारेज गर्ने प्रक्रिया अगाडि बढाउन आदेश दिएका हुन् । उनले ट्रेजरी तथा विदेश विभागलाई निर्देशन गर्दै टर्कीसँगको करलाई ५० प्रतिशतसम्म बढाउने प्रस्ताव गरेका छन् । ट्रम्पले विदेश विभागलाई निर्देशन दिँदै अमेरिकी कदमले टर्कीको अर्थव्यवस्था छिट्टै ध्वस्त पनि हुने बताएका छन् ।

टर्कीको हमलाबाट सिरियामा मानवीय संकट

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सञ्चारमाध्यमसँगको कुराकानीमा उत्तरपूर्वी सिरियामा टर्कीले गरेको सैनिक कारबाहीको जवाफमा अमेरिकाले प्रतिबन्धको कदम उठाएको बताएका छन् । उनले सम्भावित मानवीय विनाशलाई रोक्नको लागि टर्कीमाथि चालिएको कदम एक पाईला भएको भन्दै आवश्यक परे अन्य कारबाही थाल्न अमेरिका तयार रहेको बताए ।

उनले टर्कीले सिरियामाथि गरेको आक्रमण आवेगको व्यवहार भएको भन्दै आतंकवादी समुहलाई हराउने अमेरिकी प्रयासमाथिको ठुलो धक्का भएको पनि बताएका छन् । माइक पोम्पियोले सिरियामा बढ्दै गएकाे मानवीय संकटलाइ सम्बाेधन गर्न अमेरिकी कदम अावश्यक रहेकाे बताए ।

टर्कीको हमलाबाट १ लाख ३० हजार मानिस विस्थापित

टर्कीले गत ९ अक्टुबरदेखि कुर्दोको समुदायको नाममा सिरियामाथि निरन्तर आक्रमण गरिरहेको छ । टर्की सैन्य हमलाको कारण १६४ जनाको मृत्यु भईसकेको छ । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार पछिल्लो हिंसाका कारण १ लाख ३० हजार मानिस घर छोडी विस्थापित भएका छन् । एजेन्सी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।