चिनियाँ राष्ट्रपतिको भ्रमणको समीक्षा गर्न नेकपा सचिवालय बैठक बस्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ असोज ।

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको समीक्षा गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबारका लागि बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्। बैठक अपराहन्न ४ बजे बस्ने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी आइतबार दुई दिने नेपाल यात्रा सम्पन्न गरी स्वदेश फर्किएका थिए। उनको भ्रमणबाट नेपाल र चीनको सम्बन्ध नयाँ उचाईमा पुगेको विश्लेषण गरिएको छ।

उनी नेपाल रहँदा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, सुरुङ मार्ग निर्माण गर्ने लगायत समझदारी भएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।