दरबारमार्गकाे क्लब भिक्ट्रीमा भीषण आगलागी (भिडियो हेर्नूहोस)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ असाेज ।

दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि क्लब भिक्ट्रीमा आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर अघिबाट लागेको आगो निभाउने प्रयास जारी छ । काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

प्रहरी स्राेतका अनुसार अहिलेसम्म क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगो के कारण लाग्यो भन्ने पनि अहिलेसम्म खुल्न सकेकाे छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।