नेपालका पाँच तारे होटेलमा एक रात बस्न कति खर्च लाग्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ असोज । 

पछिल्लो समय नेपालमा पाँच तारे होटेल खोल्ने होडबाजी नै चल्न थालेको छ। ठूला व्यावसायिक घरानाहरु पनि होटेल खोल्न आकर्षित भएका छन्।

होटेल व्यवसाय ग्ल्यामर भएकाले व्यवसायीहरु आकर्षित हुने गरेको निर्माणधीन म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन्। नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले पनि पछिल्लो समय होटेलमा लगानी बढाइरहेका छन्।

तारे होटेलमा खोल्ने विषय त शानको विषय हो भने त्यहाँ बस्नु त झन शानको विषय हो। किनभने सुविधासम्पन्न होटेलमा बस्न पनि निकै खर्च लाग्छ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटेलमै हुने गरेको छ।

पछिल्लो समय नेपालीहरु पनि कार्यक्रमहरु पाँच तारे होटेलमा बढी गर्ने गरेका छन्। सुविधा सम्पन्न पाँच तारे होटलमा एक रातको कति मूल्य पर्छ भन्ने चासो सबैमा हुने गरेको छ। हाल नेपालमा १० वटा पाँच तारे होटल रहेको भएपनि दुईवटा बन्द अवस्थामा छन्।

कुन पाँच तारे होटेलमा एक दिन बस्न कति खर्च लाग्छ ?

होटेल सोल्टी

नेपालमा सबैभन्दा राम्रो र सुविधासम्पन्न पाँचतारे होटलको सूचीमा रहेको क्राउन प्लजा सोल्टी काठमाडौंको हो। नेपालमा आउने ठूला भीभीआइपीहरु बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सवै प्रकारका सेवा सुविधा छन्।

धेरैलाई लाग्न सक्छ त्यहाँ बस्न सकिदैन। तर सोल्टी होटलमा पनि एकरातको १३ हजार ३ सय ४५ रुपैयाँ तिर्ने हो भने बस्न सकिन्छ। सबैभन्दा सस्तो रुम १३ हजार ३ सय ४५ रुपैयाँबाट सुरु हुने उक्त होटलमा ५० हजार रुपैयाँ पर्ने रुम समेत रहेको छ।

साँग्रिला होटल

काठमाडौंको लाजिम्पाटमा रहेको साँग्रिला होटल पाँच तारे सुविधासम्पन्न होटल हो। सदाबाहार पर्यटकले भरिभराऊ हुने उक्त होटल पनि सबै प्रकारका सुविधाहरु पाउन सकिन्छ। साँग्रिला होटलमा एकरातको १२ हजार ५ सय ५६ रुपैयाँ प्रतिरातको तिर्नुपिर्ने हुन्छ।

sangrila-hotel

एक एन्ड यति

काठमाडौंको दरबार मार्गमा अवस्थित होटल याक एन्ड यति होटल चर्चित पाँच तारे होटल हो। सबै सेवा सुविधासम्पन्न होटल पर्यटकले सदाबहार भरिभराऊ हुने गर्छ। होटलमा पर्यटकले १३ हजार ५ सय ६४ रुपैयाँ रुम पाउने छन्।

Yak-and-yeti

र्याडिसन होटल काठमाडौं

लाजिम्पाट स्थित र्याडिसन चेन होटल हो। सबै सेवा सुविधासम्पन्न रहेको उक्त होटलमा पर्यटकको लागि १२ हजार १ सय १८ रुपैयाँ पर्दछ।

radisson-hotel

हायत होटल

हायत रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ। पर्यटकको लागि एक रातको १८ हजार ६ सय ९७ रुपैयाँ पर्दछ। नेपालको लक्जरी होटलको सूचीमा रहेको हायत रिजेन्सी पनि चेन होटल हो।

hyatt

होटल अन्नपूर्ण

दरबारमार्गमा रहेको होटल अन्नपूर्ण होटल पाँच तारे होटल हो। सुविधासम्पन्न उक्त अन्नपूर्ण होटलमा पर्यटकलाई एकरातको १२ हजार ९ सय ७१ रुपैयाँ रहेको छ।

annapurna_hotel

होटल मल्ल

काठमाडौंको ठमेलमा रहेको पाँच तारे होटल मल्ल सुविधासम्पन्न होटल हो। सदाबाहार भरिभराउ हुने उक्त होटलमा पर्यटकका लागि सवै सेवा सुविधा उपलव्ध रहेका छन्। पर्यटको लागि एकरातको १९ हजार ६ सय ३९ रुपैयाँ रहेको छ।

malla-hotel

होटल ग्रान्ड पोखरा

पाँच तारे होटल ग्रान्ड पोखराको एक मात्र पाँच तारे होटल होटल हो। फुलबारी होटल बन्द भएपछि पोखारामा एउटा मात्रै पाँच तारे होटल रहेको छ। काठमाडौंबा पाँच तारे भन्दा केही सस्तो रहेको भएपनि सुविधाका हिसावले पर्यटक लोभ्याउने रहेको छ। होटलको एकरातको पर्यटकका लागि ७ हजार ४ सय ६९ रुपैयाँ रहेको छ।

Pokhara-Grande

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।