राष्ट्रपति सी स्वागतमा सजावटमा मात्रै २० करोड खर्च !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२६ असोज ।

छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च गरिएको छ । सी शनिबार नै नेपाल भ्रमणमा पुगिसक्नुभएको छ ।

नेपाल सरकार काठमाडौं महानगरपालिकाको सहयोगमा सजावटमा मात्रै २० करोड खर्च गरिएको हो । कारोबारमा खबर छ ।

राष्ट्रपति सी सवार हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँमा रंगिन व्यानरले छोपिएको छ ।

तीनकुने पार्कको बाहिर फूल र विरुवा रोपिएको छ । विमानस्थल–तिनकुने–बानेश्वर–माइतीघरहुँदै लाजिम्पाट सडक कालोपत्रे र सजावट गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।