नेपाल आएर चीनका राष्ट्रपति सी जिनपिङले गरेका यी हुन् सात प्रतिबद्धता

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२६ असोज ।

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेस्टित मुलुकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता छन् ।

१. नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ ।
२. बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं ।
३. केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं । ४.अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं ।
५. हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं ।
६. हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।
७. चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।