तनहुँमा बस र जीप ठोक्किँदा जीप चालकको मृत्यु

हाम्रो सन्देश संवाददाता

तनहुँ , २६ असोज ।

म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान बोलेरो जीप र बस ठोक्किँदा जिप चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी–१ का २१ वर्षीय रमेश थारु रहेको प्रहरीले जानकारी दिएको छ ।

नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका थारुको दमौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीपमा चालक मात्र सवार थिए भने बसमा सवार यात्रुहरु सकुशल रहेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।