ओरालो लाग्यो सुनको मूल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२६ असोज ।

आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ३ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन आज प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी भने स्थिर रहेर प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।