चिनियाँ राष्ट्रपतिको भ्रमणविरुद्ध प्रदर्शन गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२५ असोज ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीकी नेतृ सुनिता साह पक्राउ परेकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो । तर सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईँले फरार अभियुक्त रहेकाले उनलाई पक्राउ गरेको दावी गरे ।

महनागरीय प्रहरी वृत कमलपोखरीले नेतृ साहलाई पक्राउ गर्न निर्देशन दिए अनुसार नै उनलाई पक्राउ गरिएको एसपी प्रसाँईले बताए । अभद्र व्यवहार गरेको आरोपमा उनी विरुद्ध कमलपोखरी प्रहरी वृतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दा उनलाई पक्राउ गर्न पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।

यसअघि चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण आएको बेला प्रदर्शन गर्दा उनीसहित १० जना पक्राउ परेको थियो । उनीहरुलाई त्यही दिनअघि तारेखमा रिहा गरेको थियो । राष्ट्रपति सीको भ्रमणमा पुनः प्रदर्शन गर्न सक्ने आशंकामा कमलपोखरी प्रहरी वृतको आदेशमा जिल्ला प्रहरी कार्यालयले साहलाई नीजको निवासबाट आज प्रकाउ गरिएको हो ।

उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतवार वा सोमवार काठमाडौं पठाउने एसपी प्रसाईले बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...