जम्मू–कश्मीरः पाकिस्तानी सेनाको गोली प्रहारबाट गोर्खा जवानको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२५ असोज ।

जम्मू–कश्मीरमा फेरि एकजना गोर्खा जवान मारिएका छन् । जानकारीका अनुसार शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा मारिएका हुन् ।

३–५ गोर्खा राइफल्सका जवान सुवास शहीद बनेको खबरले घर–परिवार, आफन्तजन र छिमेकीहरू अवाक बनेका छन्। गाउँमा शोक छाएको छ।

सुवासका पिता पदम बहादुर थापाले यसबारे जानकारी गराएअनुसार शहीद सुवास थापाको पार्थिव शरीर भोलि अर्थात् शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइनेछ।

यद्यपि घर परिवार घटनाबारे विस्तृत रूपमा बताउन सक्ने अवस्था छैनन्। जानकारीका अनुसार शुक्रवार बिहान पाक सेनाले युद्धविरामको उल्लङ्घन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा सुवास थापा शहीद बनेका हुन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।