कृष्णबहादुर महरा सांसदबाट निलम्बित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन भएको छ ।संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महराको सांसद पद निलम्बनमा परेको सूचना बिहीबार जारी गरेको छ ।संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा महरा हिरासतमा रहेका छन ।

संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेको महराको सांसद पद निलम्बनमा परेको जनाएको छ । प्रतिनिधिसभाको नियमावलीमा फौजदारी अभियोग लागेमा सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ ।महराले सांसदको हैेसियता पाउने सुविधा नपाउँने भएका छन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।