युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै तरुण दल नगर अध्यक्ष कुटिए

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

कञ्चनपुरमा तरुण दलका नगर कमिटि अध्यक्षमाथि कुटपिट भएको छ।

एकजना युवतीसँग सम्बन्धको विषयलाई लिएर भएको विवादमा उनी कुटपीटमा परेका हुन ।

दिनेश खबरमा भुवन भट्टले लेखेको समाचार अनुसार जिल्लाको महाकाली नगरपालिकाका तरुण दल अध्यक्ष डम्बर रानामाथी निर्घात कुटपिट गरिएको हो। युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि बुधबार कुटपीट भईरहेको अवस्थामा उद्दार गरी सुरक्षार्थ नियन्त्रणमा राखिएको जानकारी दिए।

प्रहरी नीरिक्षक पनेरुले युवतीको घरबाट भाग्न खोज्दा स्थानीयले कुटपिट गरेको खबर पाएपछि घटना स्थल पुगेर नियन्त्रणमा राखिएको बताए। रानाको टाउको र नाकमा चोट लागेको छ। राना विरुद्ध उजुरी नपरेकाले छोड्ने तयारीमा रहेको प्रहरीले जनाएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।