१२ कक्षाकी छात्राले परीक्षामा यस्तो लेखिपछी ,प्रहरीसम्म पुग्यो उजुरी

हाम्रो सन्देश संवाददाता

गुजरात।

भारतको गुजरातस्थित अहमदाबादमा कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएसँगै एक रोचक कुरा बाहिर आएको छ ।

यहाँको एक विद्यार्थीले केमेस्ट्रीको उत्तरपुस्तिकामा अश्लिल कुराहरु लेखेको पाइएको छ । उनले आफ्नो एक साथी , घरनिर बस्ने केटा र फिल्मकी हिरोइनसँग आफूले यौन सम्बन्ध राखेको काल्पनिक कुराहरु लेखेकी थिईन । पुलिसमा केस दर्ता भएपछि यस बिषयमा अनुसन्धान भइरहेको छ ।

परीक्षा बोर्डको नियमअनुसार परीक्षाको क्रममा उत्तरपुस्तिकामा अश्लिल शब्द लेखेमा चिटिङको केस दर्ता गरिन्छ । अहिल ती बिद्यार्थीको नतिजा प्रकाशनमा रोक लगाइएको छ ।एजेन्सी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।