टिका लगाउन कतै जादै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ असोज ।

पश्चिम बंगालको आसपास रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमि भू–भागमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी तराईका भूभागमा सामान्यतया सफा रहेको मौसमविद् समीर श्रेष्ठले बताए।

यस्तो छ तीन दिनको पूर्वानुमान

असोज २२ गते (बुधवार)
दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २३ गते (बिहिबार)
दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिः देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली साथै पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २४ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भूभागमा आंशिक बदली रहनेछ।

रातिः देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा सामान्यतया सफा रहनेछ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...