बालिका चोरी गर्ने भारतीय नागरिक बसन्तपुर बाट पक्राउ

हाम्रो सन्देश संवाददाता

तेह्रथुम, २२ असोज ।

लालीगुराँस नगरपालिका १ डोप्कीले बाट ६ बर्षिया बालिकालाई चोरी गरेर लैजादै गर्दा स्थानीयले एक भारतीय नागरिकलाई मंगलबार नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका छन् । भारतको दार्जिलिङ जिल्ला पानीट्याङकी कोलाबारी घर भएका २८ बर्षिय बिश्वनाथ मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका हुन् । भारतीय नागरिक मण्डलले घरमा कोही नभएको मौका पारी एलीना गुरुङकी ६ बर्षिया छोरी रोषनी गुरुङ लाई चोरी गरेर लैजादै गर्दा लालीगुराँस नगरपालिका १ डोप्कीले क्षेत्र बाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयबासी समेत रहेका वडा नम्बर १ का वडा सदस्य महेन्द्र गुरुङले बताउनु भयो । मण्डल विगत दुई बर्ष देखी बसन्तपुर बजारमा कार्पेन्टरको काम गर्दै आएको प्रहरीले जनाएको छ । मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालीएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्ष्ँक आशाराम चौधरीले बताउनु भयो । मण्डलले चोरी गर्ने उदेश्यले नै बालिकालाई लिएर जांदै गरेको प्रारम्भीक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...