चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका : नेपाल सार्वजनिक गर्दै, भारतले सार्वजनिक गर्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ असोज ।

भारतले चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको औपचारिक मिति सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १२ सम्म भारतको भ्रमण गर्ने कार्यक्रम छ ।

यसअघि यही मितिमा सीको भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनले त्यसको औपचारिक जानकारी दिएको थिएन । चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

सीको नेपाल भ्रमण बारे औपचारिक जानकारी दिंदै परराष्ट्र मन्त्रालय

चिनियाँ राष्ट्रपति सीको भारत भ्रमणको औपचारिक घोषणासँगै परराष्ट्र मन्त्रालयले सीको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिन लागेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आजै औपचारिक जानकारी दिने तयारी छ ।

सी अक्टुबर १२ दिउँसो काठमाडौं आइपुग्ने र १३ अक्टुर अपरान्ह बेइजीङ फर्कने कार्यतालिकासहित परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिन लागेको स्रोतले बताएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...