अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु ६ घाईते

हाम्रो सन्देश संवाददाता

अर्घाखाँची, २० असोज ।

अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्वरको जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा दुर्घटना भएको हो ।

मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।