निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ असोज ।

बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न आइतबार दिउँसो निवेदन दिएको थियो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अदालतबाट पक्राउ पूर्जी जारी गर्नका लागि कानुनी प्रक्रिया पूरा भएको अन्नपूर्ण अनलाइनलाई बताएका थिए।

‘पक्राउ पूर्जी लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ’, सुवेदीले भने।

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको अभियोगसहित प्रहरीमा किटानी जाहेरी दिएकी छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...