दुई सातामा २३ लाख ८५ हजार काठमाडौंबाट बाहिरिए

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ असोज ।

दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार यो विवरण ५ असोजदेखि १८ गतेसम्मको हो ।

५ गतेदेखि १८ गतेसम्म २ लाख ६१ हजार ६ सय २८ वटा सवारीसाधान विभिन्न नाका भएर बाहिरिएका छन् भने १ लाख ७७ हजार ७६ वटा सवारी भित्रिएका छन् । यसपटकको दशैंमा १ लाख ५० हजार ७ सय ८३ यात्रुले अग्रिम टिकट बुकिङ गराएका थिए ।

महाशाखा प्रमुख ढकालका अनुसार सर्वसाधारणको गुनासो सुनुवाइ गरेर बढी भाडा लिने ३ सय १४ जनालाई कारबाही गरिएको छ भने ट्राफिक कम्युनिकेशन एपमार्फत निगरानी गरेर लामो दूरीमा दुई जना चालक नराख्ने २६ जनालाई पनि कारबाही गरिएको छ ।

साथै, विभिन्न सडकखण्डमा विग्रिएका ८८ वटा सवारी साधानलाई तानिएको ढकालले बताए ।यो अवधिमा जम्मा १९ हजार ७ सय ४७ जना कारबाहीमा परेको ढकालको भनाइ छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...