महरा प्रकरण : रोशनी शाहीलाई पतिले दिए डिभोर्स !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ असोज ।

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप र त्यसपछि बयान फेरेर चर्चामा रहेकी रोशनी शाहीलाई उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन् ।

२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको शाहीले फेसबूकमार्फत जानकारी गराएका छन् । रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ ।
‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णायमा पुगैका छाैं, धन्यवाद शुभचिन्तकहरूमा ।’

हेर्नुहोस्, दुवैको हस्ताक्षर रहेको पेपर :

रोशनीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

पछिल्लो समय रोशनीले आफूलाई महराले दुर्व्यवहार नगरेको बयान दिँदै आएकी छिन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।