कमल श्रेष्ठद्वारा पशुपती क्षेत्र विकास कोषलाई “व्हिलचियर” हस्तान्तरण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ असोज ।

आफ्ना अशक्त बुबालाइ पशुपती दर्शन गराउन ल्याउदा मन्दिर परिसरमा एउटा पनि व्हिल चियर नदेखेपछी कमल श्रेष्ठले पशुपती क्षेत्र विकास कोषलाई ४ ओटा व्हिल चियर प्रदान गरेका छन । काठमाडौ क्षेत्र न १ का प्रतिनिधि सभा सदश्य गनेश प्रसाद दुलाल मार्फत उक्त व्हिल चियर प्रदान गरिएको हो । अशक्तहरु पनि समाजका खास व्यक्ती भएकाले उनिहरुको सहजताका लागि उक्त व्हिल चियर वितरण गरिएको श्रेस्ठले जानकारी दिए । पशुपती मन्दिर परिसरमा अब उप्रान्त अशक्तले पनि सहज रुपमा दर्शन गर्न सक्ने उनको बुझाइ छ । वितरन कार्यक्रमलाइ सम्बोधन गर्दै उनले भने,” आगामी दिनमा पनि यस्ता कार्यलाइ निरन्तरता दिने छु ।”

त्यसैगरी कमल श्रेष्ठले अपाङ्ग ब्यक्तिहरुका लागि सामाजिक र व्यवहारिक अवरोध मुख्य चुनौतीका रुपमा खडा भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘सबै किसिमका अवरोध र मिथ्यालाई तोड्दै अपाङ्गता भएका व्यक्तिहरुलाई मूलधारमा ल्याउन ढिलो भइसकेको छ ।

सो कार्यक्रममा कमल श्रेष्ठका अनुसार केही महीना भित्रैमा बालबालिकालाई पनि सहयोग उपलब्ध गराउने छु । सेवा उपलब्ध गराउँदै आउने छु उहाँले जानकारी दिनुभयो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।