मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी, एकजना समातिए

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ आश्विन ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गर्ने गरी फेसबुकमा जथाभावी लेखेका भन्दै प्रहरीमा उजुरी परेकाे छ।

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ ।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजालका प्रयोग कर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए । अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको हो ।

चितवन प्रहरी प्रमुख दानवहादुर मल्लका अनुसार महानगर प्रमुख रेनु दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टहरु बारे जाहेरी आएको छ । यसैबीच उजुरीपछि अश्लिल सामग्री लेख्ने मध्येको एक ३० वर्षीय पशुपति श्रेष्ठलाई चितवन प्रहरी पक्राउ गरेको छ। अन्य आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...