सुनको भाउ तोलामा ६ सयले सस्तियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ आश्विन ।

साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको हो।

शुक्रबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७२ हजार २ सय रुपैयाँ तोकिएको छ। दसैंको पहिलो दिन नेपाली बजारमा सुन सामान्य सस्तो भएको महासंघले जनाएको छ।

सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ शुक्रबार प्रतितोला ८६० रुपैयाँ थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।