प्रत्यक्ष निर्वाचन पुरुषहरुको दाइजो होइन स् मन्त्री अर्याल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ आश्विन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो नभएको बताउनुभएको छ । ूसमृद्ध नेपालका लागि सशक्त महिलाू भन्ने नारा सहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्नसक्नेगरी क्षमता विकास गरीसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न नहुने बताउनुभयो । महिलाहरु राजनीतिक हिसाबले, सामाजिक तथा आर्थिक हिसाबले सशक्तिकरण भइसकेको भन्दै उहाँले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्ने बताउनुभयो । ुप्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो होइन । अब हरेक ठाउँमा महिलाले हस्तक्षेप गर्ने होु, मन्त्री अर्यालले भन्नुभयो, ुमहिला कमजोर हुन्छ भन्ने कुरा गलत हो । समानुपातिकमा जति सबै महिलाको चान्स छ र प्रत्यक्षमा पनि सबै महिलाको चान्स छ भनेर निर्वाचन प्रणालीमा पनि छलफल गर्नुपर्छ ।
महिला भनेको समानुपातिकतिर जाउ सजिलो हुन्छ भन्ने मान्यता त्याग्नुपर्ने बताउदै उहाँले समानुपातिकमा पनि र प्रत्यक्षमा पनि आधाआधी महिलापुरुष भएर चुनाव लड्नुपर्ने औल्याउनुभयो ।
र त्यसका लागि जनताले विश्वास गर्ने बाताबरण बन्दै गएको समेत बताउनुभयो ।
सविधानमा वंश र अंशको कुरा लेख्ने नेपाल दोस्रो मुलुक भएको भन्दै उहाँले अब कार्यान्वयन गर्नतिर लाग्न आवश्यक रहेको बताउनुभयो । महिलाका प्रगतिका तगाराहरु बिस्तारै पन्छिदै गएको भन्दै मन्त्री अर्यालले कानुनी हिसाबले महिलाहरु अब विभेदमा छन् भनिरहनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
राजनीतिक पार्टीका महिला अगुवा र विभिन्न संघसंस्थामा काम गरेका महिलाहरुको अभियानका कारण महिलाका निम्ति आजको स्थिति बनेको भन्दै उहाँले राजनीतिक पार्टीका महिलाले सात दशकदेखि लामो संघर्ष र बहुदल पछाडिका दिनमा सामाजिक संघसंस्था खोलेर विभिन्न मोर्चाहरुले गरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।
छोटो समयमा नेपाली महिलाहरूले राम्रो फड्को मार्दै गइरहेको भन्दै मन्त्री अर्यालले नीतिगत रुपमा हामीले नीति बनाएर बलियो भएपनि त्यो नीतिलाई कार्यान्वयन गर्दा अझ बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
नीति नभएको भए आज स्थानीय तहमा ४१५ महिलाको उपस्थिति हुन सक्ने अवस्था नरहने भन्दै उहाँले अब आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ुआर्थिक रुपमा सफल नभइकन महिलाले कुनैपनि क्षेत्रमा स्वतन्त्रता प्राप्त गर्दैन । अबको दिशा भनेको आर्थिक सशक्तीकरणकै दिशा हो । उद्यमी बन्ने, उत्पादनमा लाग्ने हो ।
मन्त्री अर्यालले अब सहकारीमार्फत उत्पादनमा लागेर महिलाहरू उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो । जम्मा सहकारीमध्ये ५२५ महिला सदस्य रहेको भन्दै उत्पादनमा लाग्नका निम्ती भएका सहकारीका कानुनी अप्ठ्यारालाई थप सहज बनाएर बातावरण सहज बनाउने काम गरिएको बताउनुभयो ।
महिलाले आटेमा अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण प्रशस्तै भएको भन्दै अब सीप सिकाउने, टिकाउने र बिकाउने कसरी भन्नेतर्फ ध्यान दिन आग्रह समेत गर्नुभयो ।
आत्मविश्वास बढाउनका निम्ति भएपनि महिलालाई आर्थिक रुपमा सशक्त बनाउ आवश्यक रहेको भन्दै उहाँले काम गर्नका निम्ती अहिले कानुनी बाधा नरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले हरेक तहमा एक तिहाइ महिला नेपाली कांग्रेसले सुनिश्चित गरेको बताउनुभयो । त्यो अभियानमा आफुले पनि भूमिका निर्वाह गरेको भन्दै नेता रिजालले राजनीतिक अधिकारका लागि लड्नु महिलाहरुलाई आग्रह गर्नुभयो । तर महिलाको आर्थिक सशक्तीकरणका लागि हानी हुनेगरी भने लाग्न नहुने बताउनुभयो ।
१०० जना महिला नेताहरुले शुरुआत गरेको यो अभियान अहिले सबै सरकारी तथा गैरसरकारी संस्था एवं सरोकारवालाको साझा अभियान बनिसकेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।