नेकपा विद्यार्थीबाट भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिए

हाम्रो सन्देश संवाददाता

११ असोज, चितवन ।

नेकपाका कार्यकर्ताहरुले चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटपिट गरेका छन् ।

आज (शनिबार) दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् ।

चितवनको चौबिसकोठिमा हुन लागेको कार्यक्रम स्थानीय युवाले बिथोलेका हुन् ।

कार्यक्रममा अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व लडाकु लेनिन बिष्ट सहभागि हुने तयारी थियो । स्थानीय युवाहरुले ‘राजावादीको कार्यक्रम’ भन्दै बिथोलेका हुन् ।

कार्यक्रममा सहभागीता जनाउँन चितवन पुगेका अभियन्ता शाहीमाथि निर्घात कुटपिट समेत भएको छ । शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका हुन् ।

शाहीको टाउमा चोट लागेको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।