१४ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाउने ६५ वर्षीया बृद्ध पक्राउ

हाम्रो सन्देश संवाददाता

नवलपुर, १० असोज ।

१४ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

सांकेतिक तस्बिर
जिल्ला प्रहरी प्रमुख एसपी मोहन पोखरेलका अनुसार, चितवनको भरतपुर महानगरपालिका–१६ घर भई नवलपुर (पूर्व–नवलपरासी) को कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हाे । ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको पनि एसपी पाेखरेलले जानकारी दिए ।

घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको पनि एसपी पाेखरेलले बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।