तरकारी बोकेको गाडी दुर्घटना १ को मृत्यु ६घाइते

हाम्रो सन्देश संवाददाता

दाङ, १० असोज ।

असोज १० सल्यानको कपुरकोटमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ। किमिचौरबाट कपुरकोट बजारमा शुक्रबार लाग्ने हाटबजारका लागि तरकारी लिएर आउँदै गरेको लु १ च ४१५३ नम्बरको पिकप राति १२:४५ बजे दुर्घटना भएको सल्यान प्रहरी प्रमुख ढ्केन्द्र खतिवडाले बताएका छ्न।

दुर्घटनामा स्थानीय ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको खतिवडाले बताए। दुर्घटनामा घाइते भएका ६ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। गाडी सडकबाट २५ मिटर तल खसेको बताएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।