ओली सरकारले १० महिनामा भ्रमणमा मात्र २ अर्ब ५५ करोड झ्वाम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुष नलाग्दै सकिइसकेको थियो । महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्चबापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ ।

हालको राजस्व शीर्षक वर्गीकरणअनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ, भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण तथा अन्य भ्रमण । यी तीनमध्ये शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा पुष मसान्तसम्म नै २ अर्ब १५ करोड खर्च भइसकेको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।