नेपालमा फेरी अर्को भूकम्पको धक्का महशुस

हाम्रो सन्देश संवाददाता

असोज ९, काठमाडौँ ।

बिहीबार साँझ गोरखामा भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का गोरखा लगायत आसपासका जिल्लामा पनि महशुस भएको जनाइएको छ । यो भूकम्प २०७२ सालको गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।