‘चपली हाईट’ की विनिता आमा बन्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चलचित्र चपली हाईट’मा बोल्ड अभिनय गरेर चर्चा बटुलेकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् ।

केही बर्ष देखि अमेरिकामा रहेकी उनले गर्भवती भएको तस्विर फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् ।

तिलक पौडेलसँग विवाह गरेर अमेरिका गएकी उनले फेसबुकमा ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन् ।

उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज !! ‘सानी बिनिता’ अन बोर्ड !!’

पछिल्लो समय कृषि पेसा र किताब लेखनमा रहेकी विनिताले अमेरिकी ग्रीन कार्ड होल्डर स्याङजाका तिलक पौडेलसँग गतसाल विहे गरेकी हुन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।