४० जना यात्रु लिएर काठमाडौं आउँदै गरेको बस दुर्घटना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असोज ।

यात्रुसहितको बस दुर्घटनामा परेको छ । काभ्रेको कोसीपारीस्थित चौरीपोखरीबाट काठमाडौं आउँदै गरेको बा२ख ६३८६ नम्बरको बस काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–७, फलाटेको क्यामुनेचौरमा दुर्घटनामा परेको हो । आज दिउँसो भएको दुर्घटनामा १० यात्री घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा जम्मा ४० जना सवार भएको बताइएको छ । जानकारी अनुसार कच्ची सडकमा क्षमताभन्दा बढी यात्री राख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।