मलेसिया रोजगारी खुल्यो, यस्तो भयो दुई देशबीचको १० बुँदे सहमति

हाम्रो सन्देश संवाददाता

काठमाडौं–

१५ महिनादेखि बन्द रहेको मलेसियाको राजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेको छ।

नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा सूचारु भएको बताए।

मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएको सहसचिव घिमिरेले बताए। ‘हाललाई पूर्ववत अवस्थामै रहेका ३६ स्वास्थ्य संस्थाबाट काम सुचारु गर्ने र कुल सूचीकृत १२२ मध्ये बाँकी रहेको ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको छ’, घिमिरेले मलेसियाबाट भने।

मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो। सुरूमा दुइ दिन बस्ने भनेको बैठक निष्कर्षमा नपुग्दा लम्बिएको थियो।

दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए। ‘अब नेपालीहरु मलेसिया जाने प्रक्रिया तुरुन्तै सुरु हुन्छ।’ उनले मलेसिया बन्द नगरेको जिकिर गर्दै श्रम सम्झौता अनुरुप नयाँ प्रक्रियाबाट कामदार जाने बाटो खुला भएको बताए।

वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले टिओआरको आधारमा मलेसियाको माग प्रमाणिकरण र श्रम स्वीकृतीको काम अघि बढ्ने उनको भनाई छ।

मलेसिया गतिरोध अन्त्य भएकोमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराइले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ुगत वर्षदेखि नेपाली श्रमिकहरुको गन्तव्य मलेसिया आगामी आइतबारबाट खुल्ने भएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...