बुधबार झन् बढ्यो सुन-चाँदीको भाउ, तोलामा कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ असोज ।

आज (बुधबार) सुनको भाउ झन् उकालो लागेको छ । मंगलबार तोलाको एक सय रुपैयाँ बढेको सुनको भाउ आज पुनः प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थयो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि झन् बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।