यु-१८ साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

यू–१८ साफ च्याम्पियनसिप फुटबलबाट डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

नेपाल सेमिफाइनल पुग्नका लागि भुटानले माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गर्नुपर्थ्यो । तर यी दुई टिमले बराबरी खेलेसँगै भुटान समूह विजेता र माल्दिभ्स उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

भुटानले दुई खेलबाट चार अंक जोडेको छ भने माल्दिभ्सले दुबै खेल बराबरी खेल्दै दुई अंक जोड्यो । नेपालले भने माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो भने भुटानसँगको खेल ३-० ले गुमाएको थियो ।

कुनै पनि प्रतियोगितामा समूह चरणबाट अघि बढ्न नसकेको भुटानका लागि यो उपलब्धी अहिलेसम्मकै ठूलो हो ।

यू–१८ साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण भने बुधबार पूरा हुँदैछ । समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा भोलि भारतले श्रीलंकासँग दिउँसो तीन बजे प्रतिस्पर्धा गर्दैछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...