दशैंको मुखमा सुनको भाउ यस्तो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ असोज ।

दशैंको मुखमा सुनको भाउ फेरि बढेको छ ।

मंगलबार प्रतितोला १ सयले बढेर छापावाल सुन तोलाको ७१ हजार ४ सय रुपैंयनमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेको हो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...