टी-२० त्रिकोणात्मक सिरिज : उपाधिका लागि बंगलादेश र अफगानिस्तान भिड्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटको फाइनलमा बंगालदेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेल मंगलबार राति ढाकामा हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहंदै घरेलु टोली बंगलादेशले फाइनल यात्रा तय गर्दा अफगानिस्तान शीर्ष दुईमा पर्दै फाइनल स्थान सुरक्षित गरेको हो ।

बंगलादेशले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनायो । यता अफगानिस्तानले भने दुई खेलमा जित र दुई खेलमा हार ब्यहोर्न पुग्यो । जिम्बाब्वेले भने चार खेलमध्ये एक खेलमा जित र तीन खेलमा हार ब्यहोर्न पुग्यो ।

लिग चरणको अन्तिम खेलमा बंगलादेशले अफगानिस्तानलाई शनिबार राति चार विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १३९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।