जनताले एउटै विषयमा दोहोरो कर तिर्नु पर्दा संघीयता नै जोखिममा पर्न लाग्यो: अध्यक्ष प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ असोज ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले संघीयताको प्रयोग आफूहरुले सोचेजस्तो नभएको भन्दै चिन्ता व्यक्त गरे।

गाउँ–गाउँमा सिंहदरबार भनिए पनि कतिपय ठाउँमा उल्टो भएको तथा जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएको उनले बताए। चौथो समुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ।

‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन। तीन तहको सरकारले एउटै विषय कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उनले भने ।

आफैंलाई विडम्बना लाग्छ। रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ। उनले अघि भने, ‘जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन।

घरदलौमा दिने भनेको हो। तर, कयौं ठाउँमा उल्टो भएको छ, जनताले हिजो जिल्लाबाट पाउने अधिकार स्थानीय तहमा पाउनुपर्थ्यो, उल्टो प्रदेश धाउनुपरेको छ।

सबै सरकारले विधेयकहरु बनाउन क्रममा एकआपसमा बाझिनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले सामुदायिक वनलाई दोहोरो कर लगाउन नदिइने आश्वासन दिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।