स्थिर रह्यो सुनको भाउ, आज कति छ त प्रतितोला ?

हाम्रो सन्देश संवाददाता

६ असोज, काठमाण्डौं ।

निरन्तर दुईमहिना देखि बढिरहेको सुनको भाउ आज स्थिर रहेको छ ।

सोमबार आइतबारकै बजार भाउमा सुनको कारोबार भइरहेको सुन व्यवसायी महासंघले जनाएको छ ।

आजको बजारमा छापावाला सुन ७१ हजार ३ सय र तेजावी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी आजको बजारमा चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आइतबार ८६५ रुपैयाँ तोलामा कारोबार भइरहेको चाँदी बढेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...