गाई–भैंसीको पादले पर्यावरणमा यस्तो घातक असर गरेको निश्कर्ष

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

जलवायु परिवर्तन सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरू एउटा कुराले चिन्तित छन्। चिन्ताको कारण बनेको छ, गाई–भैंसीको डकार र पाद। वैज्ञानिकहरुले वायुमण्डलमा हानिकारक मिथेन ग्याँस बढिरहनुमा गाई–भैंसीको डकार र पादलाई पनि जिम्मेवार मान्न थालेका छन्।

मिथेन ग्याँस उत्सर्जन रोक्नको लागि वैज्ञानिकहरुले गाई–भैंसीको खानेकुरामा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले गाई–भैंसीलाई लसुन, पुदिना लगायतका कुराहरू खुवाएर डकार र पादलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्।

गाई–भैंसीको पादलाई कसरी कम हानिकारक बनाउन सकिन्छ भन्ने विषयमा क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले एउटा अध्ययन गरेका छन्। वैज्ञानिकद्वारा सार्वजनिक उक्त शोधमा भनिएको छ, गाई भैंसीलाई समुद्री झारहरु खुवाएपछि उनीहरूको पादमा मिथेन ग्याँसको मात्रा कम हुनसक्छ। र, पर्यावरण सुरक्षित हुनसक्छ।

उक्त अध्ययन अनुसार वैज्ञानिकहरूले करिब एक दर्जन दूध दिने गाईलाई समुद्री घाँस खुवाएका थिए। त्यसपछि उनीहरुले निकाल्ने डकार र पादको परीक्षण गरेका थिए। उक्त परीक्षणबाट उनीहरूले मिथेन ग्याँसको मात्र ३० प्रतिशत घटेको पाए।

अध्ययनमा सामेल विश्वविद्यालयका पशु वैज्ञानिक अरमियास केब्रियावले भनेका छन्, अध्ययनको निष्कर्ष देखेर मलाई अचम्म लाग्यो, मलाई अनुमान थिएन थोरै मात्रामा पनि हुन सक्छ भन्ने।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...