रवि गायव हुँदा ज्ञानेन्द्र सनक्क

हाम्रो सन्देश संवाददाता

काठमाडौँं , २ असोज ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा अदालतमा मुद्धा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको अर्को मुद्धाको सुनुवाई भोली विहिबार उच्च अदालतमा हुँदैछ । उच्च अदालतको आदेश के हुन्छ त्यसले लामिछानेको आगामी यात्रा तय हुनेछ ।

उच्च अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दियो भने लामिछानेको दशै कारागारमा हुनेछ । जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्याे भने उनले बाहिरै बसेर मुद्धा लड्न पाउनेछन् भने संचारकर्ममा पनि कृयाशील हुन सक्नेछन् ।

उता लामिछाने १० दिन हिरासतमा बस्दाखेरी निकै चर्चामा रहेका ज्ञानेन्द्र शाही आफू थुनिदा कसैले पनि नबोलेपछि आक्रोशित बनेका छन् । राजावादी पहिचान बनाउदै बर्तमान सरकार र व्यवस्थामाथि नै चर्को अभिव्यक्ति दिदै हिडेका शाहीले आफ्ना निकट अधिवक्ता बालकृष्ण न्यौपाने लगायतका व्यक्तिहरुसँग आफूलाई पर्दा रवि र रविका समर्थकहरु मौन बसेकोप्रति आक्रोश व्यक्त गरेका छन् । रविका लागि आफूले ज्यानको बाजी लगाएको भन्दै आफूलाई पर्दा रवि मौन बसेकोमा उनको चित्त दुखाई छ ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई दुव्र्यवहार गरेदेखि शाही तनावमै छन् । पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहदा रविको पक्षमा काठमाडौं देखी चितवनसम्म तताएका उनै शाही अहिले तनावमा हुँदा रवि भने भुमिगत शैलीमा मौन छन् ।

रविलाई छुटाउँन बिभिन्न ठाउँको सभा, र्याली तथा कार्यक्रममा सहभागि हुँदै शाहीले सरकार बिरुद्ध चर्का नारा लगाए । रवि निर्दोष छन, थुनामा राख्न पाईदैन भन्दै सडकमा उत्रेका शाहीलाई अहिले रविले वास्ता नगरेपछि रविसँग सन्किएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको राष्ट्रिय युवा संघले शाहीलाई बिभिन्न जिल्लामा प्रबेश निषेध गर्ने निर्णय सार्वजनिक गरेका छन् ।

आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा लफडा सिर्जना भएर तनावग्रस्त बन्न पुगेपछि एक रात प्रहरी हिरासतमा विताएका शाही अहिले तनावमा मात्र छैनन् अर्धभूमिगत शैलीमा बसेका छन् । नेपालगंजमा मन्त्री भट्टराईसंग अभद्र शैलीमा प्रस्तुत भएको भन्दै उनको चौतर्फी आलोचना भईरहेको छ ।

चितवनमा भाषण गर्दा संसारै आफ्नो ठानेका शाही अहिले आफ्नो पक्षमा खासै समर्थक नदेखेपछि उनलाई पछुतो लागि रहेको छ । रवि थुनामा हुँदा आफूले सडक तताए पनि आफ्ना लागि रविले एकशब्द नबोल्दा चित्त दुखेको आफू निकटस्तसंग दुखेसे पोख्ने गरेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।