राजधानीका अधिकांश टोलका सडकहरूको दुर्गति (तस्विर सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ असोज ।

काठमाडौ महानगरपालिका वडा नं ३१ स्थित जागृति मार्ग । राजधानीको मुटुमै रहेको यो ठाउँको सडकको हालत हेर्ने हो भने विकट पहाडी बाटोभन्दा कम देखिदैन । सडकम निर्माण तथा व्यवस्थापन हेर्दा मानौ यो काठमाडौ होइन, यो त हिलम्मे पहाडी खोंच हो । हिउँदमा धुलोमैलोले ढाक्ने यो सडक बर्खायाममा हिलो चिप्लोले हेरी नसक्नु र हिडिनसक्नु हुन्छ ।


सडकमा बग्ने पानीको उचित ढल निकास नहुँदा सडकमा बगेको पानी कतिपय मानिसहरुको घरभित्रै पस्ने गरेको जटिल समस्या देखिएको छ । बटुवादेखि स्कुले बालबालिकाहरु समेत यो हिलोमैलोको सिकार बनिरहेका छन् ।


असोज महिना लागिसक्दा पनि यहाँको सडकमा असार बगिरहेको छ । यो त प्रतिनिधि समस्या मात्रै यस्ता समस्या काठमाडौका अधिकांश सडकहरुमा देख्न सकिन्छ ।


निर्वाचित प्रतिनिधि तथा नेतृत्वले ध्यान नदिँदा वा बेवस्ता गरिदँदा सडकको अवस्था नाजुक देखिएको
छ । यस्ता सार्वजनिक समस्याका विषयमा स्थानीय निकाय र नेृत्वले पनि समयमै ध्यान पु¥याउने कि ?

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...