हृदयघातका कारण छोराको मृत्यु भएपछि बुवाले गरे आत्महत्या

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० भदौं ।

हृदयघातका कारण छोरा गुमेपछि पाल्पाका एक बृद्धले आत्महत्या गरेका छन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० हेक्लाङ्गका ६५ वर्षीय भिमराज तिमिल्सीनाले घर नजिकैको लिचीको रुखमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनका छोरा कृष्णप्रसाद तिमिल्सीनाको शनिबार राती हृदयघातका कारण निधन भएको थियो । कृष्णप्रसाद पाल्पा तान्सेनस्थीत सूर्योदय टेलिभिजनका अध्यक्ष थिए । पुत्र वियोगका कारण बुवाले समेत आत्महत्या गरेपछि गाउँ शोकमा डुबेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।