राती खेतसम्म पुर्याएर १७ बर्षीया बालिकामाथि बलात्कार , ३० वर्षीय महिला पनि बलात्कृत !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ जेठ ।

आईतबार जवरजस्ती करणीको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-१६ सिखानी बस्ने ४३ बर्षीय भिम बहादुर तामाङ र त्रियुगा नगरपालिका-७ पिपल चोक बस्ने बर्ष ५२ को धनबहादुर दनुवार पक्राउ परेका हुन् ।

आरोपित तामाङले अपरान्ह ४ बजे सोही नगरपालिकामा पर्ने कसेनि खोला नजिकको जंगलमा अन्दाजी ३०/३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो भने दनुवारलाई १७ बर्षीया बालिकालाई राती पौने ९ बजे पिपल चोक नजिक खेतमा जवरजस्ती करणी गरेको भनि बालिकाकका अभिभावकले दिएको जानकारीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।