राजधानीमा जताततै बम आतंक: मुत्यु हुनेको संख्या ४ पुग्यो, कहाँ के भयो ? (अपडेट )

हाम्रो सन्देश संवाददाता

काठमाडौं, जेठ १३ ।

राजधानीमा जताततै बम फेला परेको छ भने विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको छ। विस्फोटमा परी घाइते ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सुकेधाराको एक शैलुनमा भएको विस्फोटमा दुईजनाको घटनास्थलमै र अर्को एकको उपचारको क्रममा मृत्यु भएको छ।

सुकेधारा विस्फोटका घाइतेको ओम असप्तालमा उपचारका क्रममा मृत्यु भएको हा। अन्य चार घाइतेको भने चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा एक जनाको घटनास्थलमा नै र एक जना घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

आजै काठमाडौँको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते भएका छन् । प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको हो ।

त्यस्तै ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेल प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो ।

त्यस्तै, ललितपुरको ग्वार्खोस्थित गुण सिनेमा हल अघि फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।