नरेन्द्र मोदीलाई माधव नेपालको फोन, के भने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १२, जेठ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन् ।

लोकसभा निर्वाचनमा विजयी भएका मोदीलाई नेता नेपालले बधाई दिएका हुन् । साथै उनले मोदीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । भारतीय जनता पार्टीबाट सर्वसम्मत रुपमा संसदीय दलका नेता भएका मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदैछन् ।

नेकपाका नेता विष्णु रिजालका अनुसार नेता नेपालले मोदीलाई फोन गरी नेपाल–भारत सम्बन्ध सुधार हुनेसमेत अपेक्षा गरेका छन् । मोदीले नेता नेपाललाई धन्यबाद दिँदै नेपाल–भारत सँगसँगै रहेर काम गर्न चाहेको बताएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।