माया पाउन बले, कक्रोच, खुपीका बाउ र सीतेबा को हानाथाप (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ ।

भद्रगोलका चर्चित पात्रहरु सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोच’, कमलमणी नेपाल ‘खुपीका बाउ’ र मधुसुधन पाठक ‘सीतेबा’ क्याल्कुलेटर मार्फत भिडियोमा देखिएका छन् ।

पछिल्लो समय युट्युवमा ट्रेन्डिङमा परिरहेको भद्रगोलका कलाकारको अभिनय रहेको यो गीतले छोटो समयमैं चर्चा कमाएको छ । कलाकार मधुसुधन पाठक ‘सीतेबा’ को प्रस्तुती रहेको गीतको कोरियोग्राफी र निर्देशन गम्भिर विष्टले गरेका छन् ।

भिडियोका निर्देशक आफैं पनि अभिनयमा देखिने गीतमा शंकर थापा ‘स्माईल’ र विजयता अधिकारीको स्वर रहेको छ भने शब्द डिपी खनालको रहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।