भर्खरै रामेछाप केन्द्रविन्दु भएर शक्तिशाली भुकम्प ! [स्थानीय सडकमा निस्के]

हाम्रो सन्देश संवाददाता

जेठ ११, कास्की ।

नेपालमा आज शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । नेपालको रामेछाप जिल्लालाई केन्द्र बनाएर आज बिहान ११ः०२ मिनेटमा भुकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार भुकम्पको धक्का ४.९ रेक्टर स्केल रहेको थियो । भुकम्पले कुनै क्षति भए नभएको जानकारी आएको छैन । रामेछाप आसपासका जिल्लाहरुमा धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन् ।

नेपालमा वि.सं. २०७२ सालमा गएको महा भुकम्पका पराकम्पहरु समयसमयमा गइरहेका छन् । केन्द्रले तत्काल डराउनु पर्ने अवस्था नभएको भए पनि सावधान भने भइरहनु पर्ने जनाएको छ । भुकम्पपछि स्थानीयहरु सडकमा निस्केका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।