माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने…

हाम्रो सन्देश संवाददाता

कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन् । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन :

नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रोगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ । दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

शरीरको कुन अंगमा खस्दा के फल ?
टाउको: सम्पत्ति पाइने सम्भावना कपाल: मृत्युको बेला भएको संकेत दाहिने कानस् गरगहना प्राप्ति देब्रे कान: आयु वृद्धि नाक: भाग्योदय मुख: मीठो भोजन दाहिने गाला: उमेर बढ्ने देब्रे गाला: पुरानो साथी भेट गर्दन: यशप्राप्ति दाह्री: डरलाग्दो घटना जुँगा: सम्मान प्राप्ति आँखीभौं: धनहानि दाहिने आँखा: कुनै मित्रसँग भेट देब्रे आँखास् छिट्टै धनहानि घाँटी: शत्रुनाश दाहिने काँध: विजय प्राप्ति देब्रे काँध: नयाँ शत्रु बन्ने दाहिने हात: धनलाभ

देब्रे हात: सम्पत्ति नाश दाहिने हत्केला: कपडा पाइन्छ देब्रे हत्केला: धन नाश दाहिने छाती: धेरै खुशी देब्रे छाती: घरमा क्लेश कमरको बीचमा: आर्थिक लाभ पिठ्युँको दाहिने भाग: सुख पिठ्युँको देब्रे भाग: रोग पिठ्युँको बीच भाग: घरमा कलह नाभि: मनोकामना पूर्ण दाहिने जाँघ: सुख देब्रे जाँघ: शारीरिक पीडा दाहिने घुँडो: यात्रा देब्रे घुँडो: बुद्धिनाश दाहिने गोडो: ऐश्वर्य प्राप्ति देब्रे गोडो: बिरामी दाहिने पाइतालो:श्रीप्राप्ति देब्रे पाइतालो: व्यापार हानि-दैनिक अनलाइन

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।