साँढेलाई जोगाउँदा दुर्घटना (तस्बिर)

हाम्रो सन्देश संवाददाता

जेठ १०, सिरहा ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– १०स्थित प्रयागपुर चौकमा बिहीबार राति बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाडौं जाँदै थियो । विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए ।

बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका–७ बस्ने मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन् । ११ जनालाई विराटनगर रेफर गरिएको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा र ४ जनाको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये ८ जना समान्य, १० जना मध्ययम र ५ जना गम्भीर छन् ।

घाइतेको सूची

–कुमार श्रेष्ठ, ट्रक चालक, गोलबजार नगरपालिका, सिरहा
– विश्वनाथ बनियाँ, सोनामति गाउँपालिका–६ , झापा
– मिनकला राई, ईलाममाई नगरपालिका–१, इलाम
–सोमामाया राई, ईलाममाई नगरपालिका–१, इलाम
– सुगुरुमोति बानियाँ, सोनामति गाउँपालिका–६, झापा
– दिनेश श्रेष्ठ, सुन्दर हरैचा नपा–६, मोरङ्ग
– रोमन थापा, सुन्दर हरैचा नपा–६, मोरङ्ग
– किरण उप्रेती, भद्रपुर नपा–९, झापा
– विश्का उप्रेती, कचनदाहा गाउँपालिका–२, झापा
– जितबहादुर दर्जी, केराउल नपा, मोरङ
– नविन दास, गौरदाहा नपा–४, झापा
– दिपक ढुङगेल, कतनकवल गाउँपालिका–१, झापा
– अबिर शेष, पाङडुबा गाउँपालिका–२ झापा
– विमल लिम्बु, केराबारी नपा–२, मोरङ्ग
– पावनी राजवंसी, भद्रपुर नपा, झापा
– उपेन्द्र राजवंसी, बनियानि, झापा
– श्रीलाल राजवंसी, शिवशंज, झापा
– काला ढुङगाना, पथरी, मोरङ्ग
– बिनोद ढुङगानाका ५ वर्षीय छोरा राज ढुङगाना, पथरी मोरङ्ग
– मोहम्मद मुस्तक, झापा

–३ जनाको परिचय नखुलेको

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।